दफा १३५
जङ्गी कारबाहीमा लागेको घोषणा
: नेपाल सरकारले यस ऐनको क्षेत्राधिकारभित्र पर्ने  जुनसुकै व्यक्ति वा व्यक्तिहरूको बललाई जहाँसुकै काम गरिरहेको भए तापनि वा अरू कुनै ऐन लागू भैरहेको भए तापनि जङ्गी कारबाहीमा लागेको भनी घोषणा गर्न सक्नेछ ।